केही दिन यता फेसबुकमा टेस्टोनी एप प्रयोग गरेर त्यसले नतिजा हेरी रमाइलो गरिरहेका छन् । केहि भने यसलाई आतंकको रुपमा लिदै यो सुरक्षित नभएकोले यसको प्रयोग नै नगर्न सुझाव दिईरहेका भेटिन्छन । के हो टेस्टोनी एप ? यो फेसबुकमा प्रयोग हुने एउटा थर्ड पार्टी एप्लेकेशन अर्थात फेसबुकले आधिकारिकता नदिएको एप्लिकेशन हो । यसले 'तपाईंको बिहे कोसँग हुन्छ ?, 'तपाईं भविष्यमा के बन्नुहुन्छ ? , 'तपाईको मृत्यु कहिले हुन्छ ?' लगायतका प्रश्न सोध्ने र त्यसको उत्तर दिने गर्दछ । अहिले नेपालका फेसबुक प्रयोगकर्ताले यिनै प्रश्नको उत्तरलाई एप मार्फत आफ्नो प्रोफाइलमा शेयर गरिरहेका हुन्छन् । कसरी हुन्छ खतरा ?जब यस एपले सोध्ने प्रश्नको उत्तर थाहा पाउनको लागि हामीले किल्क गर्छौ यसले फेसबुकमा लग इन् गर्न लगाउँछ ।
त्यसपछि यसले हाम्रो अनुमति माग्छ ।हामी पढ्दै नपढी अगाडी बढ्छौ तर त्यसले हाम्रो प्रोफाइलमा भएको जानकारी हेर्नको लागि अनुमति लिई सकेको हुन्छ । कम्प्युटर प्रोग्रामर टुरूप संग्रौला भन्छन् यसले हाम्रो म्यासेज पनि हेर्न सक्छ । त्यहि म्यासेजमा हामीले गरेको कुराकानीको यसले आफ्नी नतिजा दिने गर्छ । जस्तै हामीले धेरै बोल्ने व्यक्ति यसले गर्लफ्रेण्ड वा ब्याई फ्रेण्ड हो भनेर नतिजा दिन्छ । संग्रौला भन्छन 'यसले हामो पासवर्ड त लिदैन तर यसले हाम्रो एकाउन्ट र म्यासेजमा भएको गोप्य विवरण र सुचनाहरु मिसयुज गर्न सक्छु । सोहि कारण यस्ता एप्लिकेशन प्रयोग नगर्नु नै उचित हुने उनको सुझाव छ । किन आउछन् यस्ता एप ? यी एपहरु मुलत पैसा कमाउनकै लागि बनाईएक हुन् । यो एप नेपालमा मात्र नभई बिश्वभर छ । हाल यो एप नेपाली र हिन्दी र अंग्रेजी सहित ४५ वटा भाषामा उपलब्ध छ । यस साइट खोल्ना साथ त्यहाँ गुगलले दिने गुगल एडसेन्स देख्न सकिन्छ । त्यहाँ देखिएको एडमा क्लिक गर्दा उनीहरुलाई पैसा आउछ । एडमा क्लिक नगरेपनि त्यस पेजमा गरिएको भिजिट अनुसार उनीहरुलाई आम्दानी हुन्छ । यो एपले आफै प्रयोगकर्तालाई प्रश्न उत्तर बनाउने सुबिधा भएकाले यसको प्रयोग झन् बढेको हो । प्रयोगकर्ताले आफु अनुकुलका प्रश्नहरु बनाएर यसको प्रयोग गरिरहेका छन् । यो एप नेपालमा अहिले बल्ल भाइरल भएको भएपनि यो भर्खरै बनेको भने होइन । यो सन् २०११ मै दर्ता भएको थियो । जसले यो साइट दर्ता गर्यो उसले आफ्नो सम्पूर्ण विवरण भने गोप्य राखेको छ । एलेक्सा र्यांक अनुसार हाल यो साइट बिश्वमा २११८ को र्यांकमा छ । कसरी बच्ने ? यसबाट बच्न २ तरिका छन् । पहिलो : यस एपबाट आफ्नो टाइमलाइनमा कुनै पनि पोस्ट नदिखिने बनाउने । दोस्रो यसलाई दिएको अनुमति नै हटाईदिने अर्थात् यो एप नै हटाइदिने । यदि तपाईले यो एप प्रयोग गर्नु भएको छैन र तपाई अरुले यसको पोस्ट गरेको देखेर दिक्क हुनु भएको छ भने तपाईलाई पहिलो बिकल्प उत्तम हुन्छ । टाइमलाईनमा यस्तो पोस्ट देखिंदा त्यसको दाहिने पट्टि भएको ३ ओटा.. मा क्लिक गर्ने अनि थप स्प्सनमा क्लिक गरी Hide all from testony.com app मा क्लिक गर्ने । यसो गर्दा तपार्इले अरुले गरेको पोस्ट मात्र देख्नु हुन्न तर तपार्इले त्यस एपलाई दिएको अनुमति यो एपसंग अझै कायम हुन्छ र उसले तपाइको प्रोफाइलमा भएको इन्फर्मेसन मिसयुज गर्न सक्छ । त्यसलाई दिएको परमिसन नै हटाऊनको लागि फेसबुकको सेटिंगमा जाने , त्यसपछि देब्रेपटि रहेको अप्सनहरुको सुचीबाट app मा क्लिक गर्ने । त्यसपछि टेस्टोनी एप खोजेर त्यस माथि माउस लैजाँदा X देखिन्छ, त्यहाँ क्लिक गरेर remove मा क्लिक गर्ने । यसो गर्दा यस एपले तपाइको सूचना प्रयोग गरेर हुने सम्भवित जोखिमबाट बच्न सकिन्छ ।
बिजपटिबाट