एजेन्सी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध प्रतिबन्ध लगाइने बिलमा हस्ताक्षर गरेका छन् । मिडिया रिपोर्टका अनुसार राष्ट्रपतिले बन्द कोठामा क्यामरादेखि पर रहेर यस बिलमा हस्ताक्षर गरेका हुन् । यसरी उनले आफ्नो भिटोको विरुद्ध कांग्रेसका कुनै पनि सम्भावित कदमलाई रोक्ने काम गरेका छन् । गएको वर्ष अमेरिकी चुनावमा कथित हस्तक्षेप र युक्रेनको क्रिमिया द्धिपलाई आफ्नो साथ मिलाउन रुसविरुद्ध अतिरिक्त र पहिला देखिनै कडा प्रतिबन्ध लगाइएको थियो । रुसले आफ्नो देशमा अमेरिकी कुटनीतिज्ञहरुको संख्यामा कटौतीको आदेश पश्चात अमेरिकाले आफ्नो विकल्पको समीक्षा गरिरहेको थियो । यसैलाई आधार मानेर पनि हुनसक्छ राष्ट्रपति ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने बिधेयकमा हस्ताक्षर गर्ने बुझिएको थियो । रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले केही दिन अघि अमेरिकाका ७५५ जना कुटनीतिज्ञहरु रुसबाट हटाउनु पर्नेछ तथा उनले चेतावनी दिदै भनेका थिए,‘वाशिंटनसँग लामो समयसम्म सम्बन्ध सुधार नहुन सक्छ ।’ अमेरिकी सिनेटमा गएको बिहिबार एउटा विधेयकमा मन्जुरी दिएको थियो । उक्त विधेयकमा अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित संलनता रहेको र सन् २०१४ को क्रिमियामा कब्जा गरिएको कारण प्रतिबन्ध कडा गर्ने कुरा भएको थियो । प्रतिबन्ध लगाइने विधेयकमा उत्तर कोरिया र इरान पनि निशानामा रहेका छन् । यो प्रतिबन्धले अन्तराष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याउने विज्ञहरुको भनाइ छ । पछिल्लो पटक अमेरिका, उत्तर कोरिया, चीन, रुस, इरान, भारत लगायत अन्य शक्तिशाली देशहरुबीच द्वन्द्वको स्थिति पैदा भइरहेको छ ।