टोक्यो/ जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गरेका छन् । जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको खण्डन गरिरहेका उनले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गरेको राजधानी टोक्योबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको पनि सोही समाचारमा जनाइएको छ । उनी जापानका पूर्व विदेशमन्त्रीको छोरा हुन् । त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ । उनी जापानको पूर्व रक्षा सचिव थिए । जापानको रक्षामन्त्रीबाट तोमोमी इनादाले गत हप्ता राजिनामा दिएका हुन् । जापानी प्रधानमन्त्री आबेको दलको गठबन्धनका रुपमा रहेको उनले राजनीतिक विवादका कारण राजिनामा दिएकाे बताइएको थियो । रासस÷एएफपी