ताप्लेजुङ/ताप्लेजुङमा जिल्लामा जिल्ला समन्वय समितिको पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ । आज विहान ११ बजे देखि दिउँसो तीन बजे सम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले जानकारी दिए । समितिका लागि जम्म १८ जना मतदाता रहेका छन् । सबै भन्दा बढि मतदाता रहेको एमाले फुङ्लिङ नगरपालीकाका घनेन्द्र मादेन र मेरीङ्देन गाउँपालिकाकी देविमायाँ नेलालीलाई प्रमुख र उप–प्रमुखमा उठाएको छ । बाँकि सात सदस्यका लागि पनि कुनै दल सँग तालमेल नगरी उमेदवार उठाएको एमाले ताप्लेजुङले जनाएको छ । छ जना मतदाता रहेको काँग्रेसले पनि श्रीजंघा गाउँपालिकाका सुरेन्द्र ईवाराम र आठराई त्रिवेणि गाउँपालिकाकी गिता सेन्दाङलाई प्रमुख र उप–प्रमुख पदमा उठाएको छ । १८ जना निर्वाचित स्थानिय तहको प्रमुख र उप–प्रमुखमा एमालेका १०, काँग्रेसका ६ र माओवादि केन्द्रका २ सदस्य रहेका छन् । उम्मेदवारीमा कसैको तालमेल देखिएको छैन । एमाले र काँग्रेसले आ–आफ्ना उम्मेदवार उठाएका छन् । मतदान पछि आजनै मतगणना गरी नतिजा सार्वजनिक गरीने मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले बताए । सफत ग्रहण भने जिल्ला समन्वय समितिको समन्वयमा निर्धारण गरीने उनको भनाई छ । आज हुने मतदानका मतदाता हरुमा कल्पना तुम्बाहाम्फे, केसर कुमार मेन्याङ्बो, कौरिला थक्लुङ लिम्बु, गणेश बहादुर लिम्बु, छत्रपति प्याकुरेल, जिवन कुमार ताम्लिङ, टिका गुरुङ, नरबहादुर कडरीया, फुलमायाँ लिम्बु, बमबहादुर भट्टराई (तार) मञ्जु पौडेल भट्टराई, रनमायाँ गुरुङ, राजकुमार थक्लुङ, रामकुमार सावा, रुद्रकुमारी सावा प्राङ्देन, विश्वनाथ सिटौला, सरोज एभेङ, ज्ञानमायाँ चौहान रहेका छन् ।