विजयपुर/ नेपाली काङग्रेस धरान उपमहानगर कमिटीले फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्यमा एक पक्षिय निर्णय भएको भन्दै आपत्ति जनाएको छ । काङग्रेसले आईतबार प्रेश बिज्ञप्ति जारी गरि धरानका २० वटै वडामा स्थानिय जनताको पहुच पुग्ने गरि फोटो सहितको मतदाता नामावली संकलन गर्ने ब्यबस्था मिलाउन पनि निर्वाचन आयोग लगायतका सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

कतिपय वडाहरुमा दुई दिन र कतिपय वडाहरुको एकै दिन नामावली सक्ने गरि तालिका सार्बजनिक भएको जानकारी आएकाले तत्काल त्यसलाई सच्याउन माग गरिएको नेपाली काङग्रेस धरानका सचिब श्याम पोख्रेलले बताए ।

साउन १६ गतेबाट पुनः सञ्चालन हुने भनिएको फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई जनताको पहुचमा पु¥याउनु पर्छ भन्ने हाम्रो माग हो पोख्रेले भने । उनले तत्काल सुचना सच्याएर जनताको पहुच पुग्ने गरि नामावली संकलन गर्न आग्रहपनि गरेका छन् । बिज्ञप्तिमा मतदाता नामावलीको नाम दर्तामा कोही पनि नछुट्न आग्रहपनि गरेका छन् ।