तेह्रथुम/पछिल्ला केही वर्षयता तेह्रथुममा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक मतभेद, बैदेशिक रोजगारी र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आर्थिक वर्ष २०७१/७२ मा २९ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । आ.व. २०७२/७३ मा ३६ जनाले सम्वन्ध विच्छेद गरेको जिल्ला अदालत तेह्रथुमले जनाएको छ । यसै गरि आ.व. २०७३/७४ मा गत १९ जनाले सम्वन्धिविच्छेद गरेका अदालतले जनाएको छ । अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता भएकोे जिल्ला न्यायाधिस ईन्द्रकुमार चोङटेन्लीले बताए । सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकार्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याएको हो । सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा छुट्टिने समस्या बढेको छ । अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको कानुन व्यवसायी नारायण लुईटेलले बताए । सानो उमेरमै अपरिपक्व अवस्थामा विवाह गर्नेहरु पारिवारिक, आर्थिक र सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने तथा वैदेशिक रोजगारीका कारण श्रीमान श्रीमती लामो समय टाढिँदा एकार्कामा अविश्वास सिर्जना हुँदा सम्बन्धविच्छेद बढेको पाइएको छ ।