धरान/पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राजिनामा दिएका छन् ।

सन् २०१५ मा पानामा पेपर्सले उनको परिवारले ‘अफसोर प्रोजेक्ट’ लगानी गरेर अकुत सम्पत्ति कमाएको घटना बाहिर ल्याएपछि उक्त विषयमा पाकिस्तानी सर्वोच्च अदालतले शुक्रबार उनलाई अयोग्य ठहर्याएको हाे । सर्वोच्चले प्रम हुन अयोग्य ठहर्याएपछि उनले शुक्रबारै राजिनामा दिएका हुन् । तर, पानामा पेपर्सले गरेको कुरालाई प्रम सरिफले बारम्बार अस्विकार गर्दै आइरहेका थियो ।
तर, शुक्रबार पाकिस्तानको सर्वोच्च अदालतले उनलाई ‘प्रमको कुर्सीमा बस्न अयोग्य’ ठहर्याएपछि राजिनामा दिएका हुन् । उनको राजिनामा बारे प्रम कार्यालयका प्रवक्ताले जानकारी गराएको वीवीसीले उल्लेख गरेको छ । प्रम सरिफको परिवारले अफसोर प्रोजेक्टहरुमा लगानी गरेको बारेमा पानामा पेपर्सले ‘लिक’ गरेको थियो । नवाज पहिलो पल्ट नोभेम्बर १९९० देखि जुलाई १९९३ सम्म प्रम बनेका थिए । उनी पाकिस्तानी इतिहासमा तेस्रो पल्ट प्रम बनेका व्यक्तिसमेत हुन् ।