धरान । स्पेनको बार्सिलोनाको ट्रेन स्टेसन नजिकै शुक्रबार ट्रेन दुर्घटना हुँदा करिव ४० जना घाइते बनेका छन् ।
[caption id="attachment_50477" align="alignnone" width="780"]

Photo copied by CNN[/caption]
स्पेनको क्याटनलान इमरजेन्सी सर्भिसका अनुसार सुरुवाती चरणमा ४८ जना घाइते भएका छन् । पश्चिमी स्पेनको इस्टासिओन डि फ्रान्सिका स्टेसनमा शुक्रबार बिहानै दुर्घटना हुँदा उक्त संख्यामा घाइते बनेको सिएनएनले लेखेको छ ।
जसमध्ये १ जना गम्भीर छन् भने १८ जना कम गम्भीर रहेको सर्भिसले बताएको सिएनएनले उल्लेख गरेको छ । त्यस्तै २० जना समान्य घाइते भएका छन् । जसमध्ये एक जना ट्रेनका कण्डक्टर रहेको बताइएको छ । १८ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।