धरान /धरानको भानुचौकमा रहेको भानुको शालिक आसपासका खाल्डाखुल्डी बुधबार राती पुरिएको छ । सामाजिक सञ्जालमा खाल्डापुर्न गरिएको आग्रहलाई समाबेश गर्दे ब्लाष्टले समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकासन भएपछि धरानका मेयर तारा सुब्बाले खाल्डा पुर्न २४ घण्टे निर्देशन दिएका थिए । मेयर सुब्बाको निर्देशनमा बुधबार राती खाल्डा पुरिएको हो । मेयर सुब्बकाले धरानका धेरै सडकलाई पुर्ननिार्मण गर्नुृ पर्ने भएको सबै ठाउका सडकले क्रमिक रुपमा सुधार गर्दे जाने बताए ।

हामीले सम्बेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ सबै वडाका सडकहरुलाई क्रमिक रुपमा सुधार गर्दे जान्छौ उनले भने ।भानुचौकको खाल्डा पुरिएपछि सर्बसाधरणले मेयरलाई धन्यबाद पनि दिएका छन् । सामाजिक सञ्जालहरुमा अन्य स्थानका पनि खाल्डाहरु पुर्न आग्रह गरिएको छ ।