धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले आर्थिक वर्ष २०७३÷०७४ मा ६९ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । जसमा ११ हजार २५० सवारी साधनहरुलाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिकका प्रमुख प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस आवमा ६९ लाख १३ हजार २ सय रुपैया राजश्व संकलन गरेको हो । यो आर्थिक वर्षमा ७ हजार ३७४ मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट ४७ लाख ६४ हजार २ सय राजश्व संकलन भएको छ ।गतवर्ष ७ हजार ७०५ मोटरसाइकल कारबाहीमा परेका थिए । यो वर्ष केही घटेको हो ।
गत आर्थिक वर्ष ६९ लाख ३७ हजार ६ सय रुपैया राजश्व संकलन भएको हो । तर, यो आर्थिक वर्षमा केही घटेको छ । यो वर्ष सचेतना कार्यक्रमहरुलाई तिब्र पारिएको कारण पनि कारबाही संख्या घटेको दाबी जिल्ला ट्राफिक प्रहरी कार्यालयको छ । विद्यार्थीहरुलाई लक्षित गर्दै ट्राफिक प्रहरीले १६ पटक सचेतना कार्यक्रम गरेका थिए ।
जसमा १६७१ विद्यार्थीहरुलाई सचेतना गराइएको छ । त्यस्तै सुरिक्षत चालकमा ५४ पटक सचेतना गराइएको थियो । साथै, व्यवसायी र चालकहरुलाई ३४ पटकमा १३ सय जनालाई सचेतना गराइएको थियो ।२० पटक सर्वसधारणलाई सचेतना गराइएको थियो । यस्ता कार्यक्रमहरुको कारण दुर्घटना र कारबाहीमा कम परेको बताए ।
प्रनी सुवेदीका अनुसार ट्राफिक उल्लघंन मोटरसाइकल र बसहरुले गर्ने गरेको बताए । ‘त्यसमा पनि मोटरसाकलमा बढी छ, मापासे खाएर चलाउने, तीनजना चढ्ने, ओभरस्पिड चलाउनेहरु बढी छन् ।,
उनले भने, ‘बसमा भने ठिक ठाउँबाट ‘पिक एण्ड ड्रप नर्गने समस्या भेटियो ।’यो आवमा ४६३ पटक सवारी दुर्घटना हुँदा जम्मा ३३२ वटा सवारीहरु दुर्घटनामा परेका थिए । जसबाट सुनसरीमा ६८ जनाको ज्यान गएको थिाये भने १८५ जना गम्भीर घाइते र २६५ जना सामान्य घाइते बनेका थिए । त्यस्तै एउटा चौपायाको मृत्यु भएको थियो भने २ वटा घाइते भएको तथ्याङ्क जिल्ला ट्राफिकले सार्वजनिक गरेको छ ।