धनकुटा/ जिल्ला वन कार्यालय धनकुटाले अघिल्लो वर्ष झै यो वर्ष पनि वितरण गर्न तयारी गरेको उतिस लगायत विभिन्न प्रजातिका ६० हजार विरुवा किसानलाई वितरण गरेको जिल्ला वन कार्यालय धनकुटाले जनाएको छ । आर्थिक वर्ष ०७३–०७४ को वार्षिक स्वीकृत कार्यक्रमवाट जिल्लाको जिल्ला सदरमुकाम धनकुटा वजारमा लगाएको विभिन्न प्रजातिको ६० हजार विरुवा जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका किसानहरुलाई वितरण गरिएको जिल्ला वन कार्यालय धनकुटाले जनाएको हो । जिल्ला वन कार्यालय धनकुटाले यो वर्ष ५ लाख ४० हजार रुपयाँ लगानी गरेर ६० हजार विभिन्न प्रजातीका विरुवा उत्पादन गरेको पनि जनाएको छ । जिल्ला वन कार्यालय धनकुटाका सुचना अधिकारी शिव प्रसाद वुढाथोकीका अनुसार मंगलवारसम्ममा सबै भन्दाबढी जिल्ला सदरमुकाम धनकुटामा लगाइएको ६० हजार र अन्य वन समुहले लगाएको विभिन्न प्रजातिका विरुवा मध्ये सवै भन्दा बढी उतिसको मात्र विरुवा खपत भएको वताएका छन् । उनले धनकुटा जिल्लाको ६ नं.वुधवारे देखी चानुवा, डाँडागाउँ, हिले, धर्मशाला, भिरगाउँ, पाख्रीवास, परेवादिन, मुर्तिढुङ्गासम्मका अधिकांश किसानले उतिसको विरुवा लगेको बताएका छन् । गाउँगाउँबाट उतिसको विरुवा लिन किसानहरुले ट्याक्टर नै रिजर्भ गरेर आएको र भिडभाड, खचाखच भएपछि कर्मचारीलाई विरुवा वितरण गर्न निक्कै समश्या परेको सूचना अधिकारी बुढाथोकीले बताएका छन् । जिल्ला वन कार्यालय धनकुटाको कार्यालय परिसरमा लगाएको उतिस, मसला, तेजपत्ता र रुद्राक्षको विरुवा मध्ये उतिस बढी खपत भएको अन्य प्रजातीको विरुवा भने संख्यात्मक हिसावले थोरै मात्र खपत भएको उनले बताएका छन् । जिल्ला वन कार्यालय धनकुटाका सहायक वन अधिकृत मोद्नारयण झाका अनुसार धनकुटाले जिल्लाको विभन्न स्थानमा सामुदायिक वन समुह मार्फत गैह्रकाष्ठ प्रजातिका जडीवुटी सहित खयर, सिसौ,उतिस र रिठ्ठा गरी ३९ हजार, ४ सय विरुवा उत्पादन गरि स्थानिय किसानहरुलाई वितरण गरिएको वताएका छन् । उतिसको विरुवा जस्तो खयर, सिसौं र रिठ्ठा प्रजातीका विरुवा खपत कम भएको उनले बताएका छन् । उता धनकुटाको चानुवा गाविसमा निगाँले सिमेण्ट उधोगको १ लाख रुपयाँ सहयोगमा लगाएको १० हजार खयर, तेजपत्ता, सल्लो र रिठ्ठा पनि उतिसको विरुवा जस्तो खपत नभएको वताइएको छ । कार्यालयका अनुसार केही मात्रामा दाना र तेजपातको विरुवा चानुवा गाविसमा वढी खपत भएको बताइएको छ । जिल्ला वन कार्यालय धनकुटामा विरुवा लिन आई पुगेका धनकुटा नगरपालिका वडा नं.१ हिले न्युरोडका बीरवहादुर तामाङले भने “अन्य विरुवा भन्दा उतिसको विरुवा चिसो ठाउँमा छिटो हुर्कने र विक्रि पनि तुरुन्तै हुने भएकाले बढी खपत भएको हो” । तामाङले उतिस अरु विरुवा भन्दा मलिलो पनि र छिटो गाउँका किसानलाई आम्दामी दिने भएकाले गाउँलेको चासो उतिसको विरुवामा परेको हुन सक्ने बताएका छन् । जिल्ला वन कार्यालयका प्रमुख कृष्ण प्रसाद वस्तीले भने निःशुल्क विरुवा वितरण गर्दा किसानहरु वढी आकर्षित भएको दावी गर्छन । नर्सरी वनाएर वैज्ञानिक ढंगले हुर्काएको उतिसको विरुवा रोग नलाग्ने छिटो बढ्ने भएकाले पनि जिल्लामा बढी उतीसको विरुवा खपत भएको उनको तर्क छ । उनले एकै दिनमा २५ देखी ३० हजारसम्म उतिसको विरुवा खपत भएको बताएका छन् ।