पथरी/ मोरङको पथरीशनिश्चरे १ मा २०७० सालमा स्थापना भएको पथरी हस्पिटल सोमबार देखि आफ्नै भवन उद्घाटन गर्दै सेवा सुरु गरेको छ ।
नगर भित्रका ३ हस्पिटलमध्ये आफुलाई अग्रस्थानमा उभ्याउँदै आएको पथरी हस्पिटलले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेर गरेको हो । भवनलाई मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत हरि खत्रीले रिवन काटेर भवनको उद्घाटन् गरेको हो ।
भवन उद्घाटन गर्दै वक्ताहरुले ४ वर्षे अवधिमै हस्पिटलले गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै हस्पिटलले प्रभावकारी उपचारका साथै विपन्नहरुका लागि निःशुल्क कोटा बढाउन समेत सुझाव दिएका थिए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख यमुना विष्ट, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पथरी स्वास्थ्य चौकीका निमित्त प्रमुख याम खड्का, इलाका प्रहरी प्रमुख राजन कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । हस्पिटलले स्थानीयको साथ र समर्थन सहितको माग अनुसार नर्सिङ कलेज सञ्चालनको बृहत योजना समेत ल्याएको अध्यक्ष देविप्रसाद रिजालले कार्यक्रममा बताए ।
नयाँ भवन सँगै संचालकहरु पनि थपिएका छन् । स्थानीय इश्वरी साप्कोटा,देवि रिजाल,सुमन श्रेष्ठ,बिकास पाण्डे,माधब कोइराला,बद्री कोइराला,पृथ्वीआलेमगर र डा. डिल्ली रिजाल लगाएको ८ जनाको १० करोडको लगानीमा नयाँ भवन संचालन गरेको देवी रिजालले बताए । २०७० सालमा स्थापना गर्दा इश्वरी साप्कोटा,देवि रिजाल,सुमन श्रेष्ठ,बिकास पाण्डेले १ करोड ५० लाखबाट सुरु गरेका इश्वरी साप्कोटाले बताए ।
लगानीकर्ताहरुले नगर र नगरको आसपास क्षेत्रका लागि थप प्रभावकारी सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाए । हस्पिटलमा १५ शैयाको स्वीकृत भएपति उक्त सेवा बढाएर २५ शैयाको सञ्चालनका लागि प्रक्रियामा रहेको संचालकहरु बताउँछन् । २४ सैँ घण्टा सेवा रहेको हस्पिटलमा १ जना एमविविएस सौरभ आर्चाय र हार्डजोर्नि विशेषज्ञ डिल्ली रिजाल २४ सैँ घण्टा रहेर सेवा दिने भएका छन् ।