विजयपुर/धनकुटा नगरपालीका ९ स्थित विश्रान्ति मन्दिरमा रहेको वृद्धाआश्रमलाई सोमबार खाद्यन्न सामाग्रि बितरण गरिएको छ । धरानको झरना बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक तथा युवा ब्यबासायी मानबहादुर मगर र नेपाली काङग्रेशका महाधिबेशन प्रतिनिधी तथा युवा ब्यबासायी सन्तोष बिकले आश्रमलाई दैनिक रुपमा आबश्यक पर्ने खाद्यन्न तथा फलफुल सामाग्रि बितरण गरेका हुन् ।

ब्लाष्ट र्टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्किको उपस्थितीमा सम्पन्न सामाग्रि बितरण कार्यक्रममा युवा युपिएफका पिस एम्बास्टर राम लिम्बु,युवा ब्यबसायी भिम राई,झरना बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक बिबेक आलेमगर लगायतको उपस्थिती रहेको थियो । खाद्यन्न सामाग्रि बुझ्दै आश्रमका अध्यक्ष शंकर दाहालले आश्रमलाई दाताहरुकै सहयोगमा अहिले सम्म सञ्चालन गरिएको बताए ।जेष्ठनागरिकहरुप्रति युवा ब्यबासायीहरुले गर्नु भएको सहयोग प्रति हामी आभारी छौ उनले भने ।

कार्यक्रममा धनकुटाका समाजसेवी तथा नेपाल रेडक्रश सोसाईटी धनकुटाका पुर्व अध्यक्ष दोर्ण गुरागाई,स्थानिय समाजसेवीहरु चन्द्र डङगोल,नगेन्द्र राइ,बलबहादुर श्रेष्ठ,श्रवण शाह,धनकुटा नगरपालीका वडा नम्मर ९ का वडाध्यक्ष सन्दिप रायमाझि,सदस्य सन्तोष मगर लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्किले आस्था र विश्वास भएमात्र आफुल गरेको संकल्पहरु पुरा हुने बताए । साउन महिना शिवजीको पुजा आराधना गर्ने अवसरमा वृद्धाआश्रममा सहयोग गरिएको गरिएको युवा ब्यबासायी सन्तोष बिकले बताए ।आश्रममा ५२ जना जेष्ठनागरिकहरु बस्दै आएका छन् ।

२०४० सालमा स्थापना भएको आश्रममा देशका विभिन्न जिल्लाबाट आएका जेष्ठ नागरिकहरु आएर बसेका छन् । खाद्यन्न बितरण कार्यक्रमको समापनि पछि स्थानिय सामुदायीक स्वास्थ्य एकाईले नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई स्वागत सम्मानपनि गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन सुमित्रा ढुङगेलले गरेकी थिइन ।