विराटनगर/ जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको मिनी बस पल्टदा मिनिबसमा सवार २० जना यात्रु घाइते भएका छन् । को १ ख ४१४ नम्बरको बस सोमबार दिउँसो पल्टिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
घाइते यात्रुलाई कोशी अञ्चल अस्पताल पठाइएको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् । धेरै यात्रु बोकेर अधिक गतिमा चलाएकोले बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । यादवले बसमा रहेका सबै यात्रु घाइतेको अवस्था खुलि नसकेको जानकारी दिएका छन् ।