विजयपुर/धरान उपमहानगरपालीकाका मेयर तथा कार्यकारी अधिकृत सहितको टोलिले खाल्डाखुल्डी पुर्ने कामको आईतबार अनुगमन गरेका छन् ।
धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान अगाडिको सडक र धरान १४ स्थित विजयपुर जाने रेडक्रश भवन छेउको बाटो आईतबार मेयर तारा सुब्बा सहितको टोलिले अनुगमन गरेको हो । मेयर सुब्बाले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णय गर्दा धरानका सडकहरुमा रहेको खाल्डाखुल्डी पुर्न एक करोडको कोष बनाएका थिए ।
सोही निर्णय अनुसार पहिलो चरणमा वीपी प्रतिष्ठान अगाडिको सडक र बिजयपुर जाने बाटोको कम भईरहेको मेयर सुब्बाले जानकारी दिए ।अन्य ठाउको सडकहरुलाईपनि क्रमश मर्मत गर्दै जाने उनले बताए । अनुगमन गर्दै उनले गणस्तरिय काम गर्न निर्देशन दिएका थिए ।
धरान १८ स्थित प्रतिष्ठान अगाडिको सडकको धरान १८ का वडाध्यक्ष प्रबिण राईको प्रतक्ष्य निगरानीमा भईरहेको छ ।मेयर सुब्बाले बुद्धचौक देखि टेम्पो स्टेन सम्मको सडकका लागि थप बजेट ब्यबस्था गर्ने तयारी भई रहेको बताए ।