विजयपुर/ धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले धरानको भानुचौकमा रहेका खाल्डाखुल्डी दुईदिन भित्र पुरि सक्न माताहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
धरानको भानुचौकका सडकमा भएको खाल्डाखुल्डीले असुरक्षा बढेको भन्दै सामाजीक सञ्चालमा गुनासो आएपछि मेयर सुब्बाले धरानका मुख्य बजार क्षेत्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए ।
अन्य क्षेत्रका पनि सडकलाई मर्मत गर्दै जाने बताउदै उनले पहिलो चरणमा मुख्य बजार क्षेत्र र संबेदनशील क्षेत्रका सडकहरुलाई मर्मत गर्ने बताए ।