विराटनगर/ विराटनगर महानगरपालिका–१३ स्थित मकालु ट्राइपोट उद्योगमा शनिबार आगलागी भएको छ । दिउँसो ४ बजेतिर अचानक मेसिनबाट उत्पन्न भएको आगो सल्केर आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिन मोरङ र सुनसरीका ६ वटा दमकलले प्रयास गरिरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङका एसपी सन्दिप भण्डारीको अनुसार मोरङ, झापा, सुनसरी र सप्तरीको दमकल आगो नियन्त्रणमा लागि परेको बताए । उनका अनुसार छक्षीको विवरण आउन बाँकी रहेको जानकारी दिए ।
उक्त पश्मिना उद्योग पूर्व क्षेत्रीय प्रहरी कार्यालय, तालिम केन्द रानी र शसस्त्र प्रहरी गणदेखि पाँच सय मिटरको दुरीमा छ । मकालु उद्योग औद्योगिक घराना गोल्यान ग्रुपको हो । उद्योग भएको स्थानलाई पहिले शाह उद्योग, बटन फ्याक्ट्रीलगायतका नामले पनि चिनिन्थ्यो । आगलागी भइरहेको स्थलदेखि करिब ५ सय मिटर दुरीमा नेपालकै सबैभन्दा ठूलो विराटनगर आँखा अस्पताल रहेको छ ।