८ केजी गाँजासहित एक महिला पक्राउ
धरान/सप्तरीको कन्चनरुप नगरपालिका–८ बाट प्रहरीले शुक्रबार गाँजासहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सोही ठाउँकी प्रमिला देबी महत्तो रहेको प्रहरीले जानकारी दिएको छ । उनले घरमा लुकाई छिपाई राखेको अवस्थामा ८ किलो ७ सय ग्राम गाँजा बरामद गरेको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साँझ ५ बजेतिर गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्ररहीको टोलीले महतोलाई नियन्त्रणमा लिएको हो । बरामद गाँजासहित प्रमिला देवी महत्तोलाई इलाका प्रहरी कार्यालय कन्चनपुरमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।