चतरा/ श्रीमतिलाई छुरा प्रहार गरी मार्न खोज्ने फरार भएका श्रीमानलाई पक्राउ गरेको छ ।बराहनगरपालिका वडा नं २ फोक्लेनटापुका मीना राईलाई पेटमा छुरा हानि फरार भएका उनका श्रीमान गोपी राईलाई प्रहरीको सक्रियतामा पक्राउ गरिएको हो ।
३५ वर्षिय गोपि राईले श्रीमतिलाई शुक्रबार करिव २ वजे आफ्नै घरमा छुरा हानि फरार हुने क्रममा उनलाई शनिवार विशेष सुराकिको आधारमा वडा नं ३ स्थित सुकुम्वासि वस्तिमा पक्राउ गरिउको इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी प्रमुख इन्सपेक्टर गंगा पौडेलले जानकारी दिए । उनले भने अभियुक्त लाई काननुन अनुसार कार्वाहि गरिने छ ।
श्रीमतिलाई भने छुरा प्रहार लगतै अति अति रत्तश्राव हुन थालेपछि इलाका प्रहरी कार्यलय चतरा र स्थानियको सहयोगमा धरान स्थित वि.पि. स्वास्थ्य विज्ञान प्रतिष्ठान लगि एमर्जेन्सिमा भर्ना गराएको चतरा इलाका प्रमुख सहि रामदेव चाैधरीले बताएका छन् । अहिले पिडित श्रीमतिको स्वास्थ्यमा भने सुधार आएको प्रतिष्ठानले जनाएको छ ।
स्थानियका अनुसार गोपी दिनरात मादक पदार्थ सेवन गरि टोलमा होहल्ला मच्चाउदै हिडृने गर्ने गर्दथ्यो।मापसे कै कारण श्रीमतिलाई पनि प्रहार गरेको हुन सक्ने स्थानियहरुको अनुमान छ । सोहि दिन पनि । श्रीमतिलाई पैसा माग्दा नदिएपछि छुरा प्रहार गरिएको परिवार स्रोतले बताए ।आज भन्दा २ वर्ष अगाडि पनि एस्तै झैझगडाका कारण श्रीमतिले चतरा प्रहरी कार्यलयमा निवेदन गरेपछि आइन्दा झैझगडा नगर्ने सर्तमा कागजपत्र गराइ उनलाई छाडिएको सहि चौधरीले बताए ।