भद्रपुर/नेपाल भारतको सीमा पर्ने झापाको भद्रपुर स्थित मेची नदी किनारमा एक पुरुष मृत अवस्थामा शुक्रवार दिउँसो फेला परेका छन् । भद्रपुर नगरपालिका ३ महेशपुर र भारतको किशनगञ्ज जिल्ला पर्ने निम्बुगढी गाउको मेची नदी किनार शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । अन्दाजी ४० बर्षिय पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा भारतीय एसएसबीले फेला पारेको थियो ।

मतृकको पहिचान भने नखुलेको छ । टि–सर्ट र कालो हाफ पेन्ट जस्तो लगाएको शवको सनाखत हुन नसकेपछि भारतीय प्रहरीले नेपालका प्रहरीलाई समेत खबर गरेका थिए ।

भारतीय प्रहरीले नेपाल–भारतको सीमा क्षेत्रका गाँउबासीलाई पनि जानकारी गराइसकेको बताइएको छ । गलगलिया थानाध्यक्ष अरविद कुमार अनुसार केही दिनअघि नदीमा डुबेकोले नेपालबाटै बगेर आएको हुन सक्ने अनुमान गरेका छन् । यता वडा प्रहरी कार्यालय भद्रपुरले पनि शवको सनाखतका लागि प्रचारप्रसार गरिरहेको जनाएको छ ।

तीनदिन अघि मात्र भारतको गलगलियाको चिया बगानमा भद्रपुर ९ बस्ने यमुना नेपाल मृत अवस्थामा फेला परेकी थिइन् । उनको घट्ना पनि रहस्यमय बनेको अवस्थामा फेरी नदीमा शव फेला परेको थप घटना बाहिर आएको छ ।