इटहरी/ सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा डुबेर एक बालिकाको डुबेर मृत्यू भएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसा शुक्रबार दिउँसो तीन बजेको समयमा सुनसरी रामधुनी– २ की तीन वर्षीया बालिका मजरुन खातुनको नहरमा डुबेर मृत्यु भएको हो ।
मोरङ्ग सुनसरी आयोजना नहरको शाखा नहरमा खेल्ने क्रममा ती बालिका पानीमा डुबेको पनि प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।