धरान । विश्वकर्मा कल्याण सेवा समितिले हालै निर्वाचित नगर प्रमुख तथा उपप्रमुखसहित दलित समुदायका जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरेको छ । [caption id="attachment_50051" align="alignnone" width="960"] Photo By Dinesh Gajmar[/caption] शुक्रबार एक कार्यक्रम गर्दै समितिले नगर प्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारी सुवेदीलगायत दलित प्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको हो । समितिका अध्यक्ष केदार बराइलीलगायतले वडा नम्बर १० बाट निर्वाचित सदस्य समशेर वर्देवा र १७ बाट निर्वाचित सदस्य सुवास वर्देवासहित २० वटा वडाबाट निर्वाचित दलित महिला सदस्यलाई सम्मान गरेको हो । कार्यक्रममा उपाध्यक्ष खड्ग कोइराला, महासचिव मान बहादुर कालीकोटे, बरिष्ठ सल्लाहकार लालबहादुर सिन्च्यूरी, संस्थापक अध्यक्ष मोहन शंकर, कोषाध्यक्ष हिरालाल विश्वकर्मा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । धरानमा दलित समूदायबाट रिता सुन्दास, बुना शंकर, चन्द्र कुमारी विक,तुलसीमाया परियार, हेमकुमारी बिक, देवीमाया विक, डेकुमारी विक, सावित्रा परियार, रिचा शंकर, अरुणा सुन्दास, संगिता लोहनी विक, शान्ती त्रिखत्री, उर्मिला परियार, मनिषा विक, निरमाया विक, लक्ष्मीदेवी लकान्द्री, फुलमाया परियार, जमुना त्रिखत्री, चन्द्रमाया विक र यशोदा घिमिरे निर्वाचित भएका छन् ।