बेइजिङ/ पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार बिहान शक्तिशाली बिस्फोट भएको छ ।
शुक्रबार बिहान खाजाखाने व्यस्त समयमा भएको यस बिस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन् ।
सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा पूर्वी चीनको पूर्वी सहर हाङ्गजोउमा भएको यस बिस्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको निधन भएको हो । विस्फोटका कारण सडकको स्कूटरलाई समेत धुवाँ र धुलोले छोपेको थियो ।
एपी