धरान । डेल्टा अप्रेसन अन्र्तगत धरानको तिनकुने चेकपोष्टबाट एक युवालाई लागूऔषधसहित धरान प्रहरीले पक्राउ गरेको छ । धरान–१३ का १७ बर्षिय आशिस गुरुङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको हो । बिहीबार साँझ चेकजाँचको क्रममा पक्राउ परेका गुरुङको साथबाट लुपीजेसिक ४ एम्पुल, डाइजोपाम ४ एम्पुल र एभिल ४ एम्पुल बरामद गरेको छ । बरामद लागूऔषधसहित गुरुङलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।