धरान/संखुवासभाको मादी नगरपालिका ३ मा बिहीबार साँझ खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । मादक पदार्थ सेवन गरी सोही नगरपालिकाका सलबहादुर गुरुङ र दिबराज जिमी बिच सामान्य विवाद हुँदा गुरुङले जिमीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कोखामुनी चोट लागेर गम्भिर घाईते बनेका जिमीलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घट्नास्थलमा प्रहरी चौकी मादी रामबेनीबाट प्रहरीको टोली खटिई गई खुकुरी प्रहार गर्ने सल बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।