धरान/गैरतरिकाबाट आर्थिक मुनाफा लिएको अभियोगमा स्पेनिस फुटबल महासंघका अध्यक्ष एन्जल मारिया भिलर लाओनासहित छोरालाई स्पेन प्रहरीले पक्राउ गरेको छ । [caption id="attachment_49874" align="alignnone" width="872"] Photo By AFP/GETTY[/caption] मंगलबार बिहानै उनी र उनको छोरा गोर्खासहित केही व्यक्तिलाई छापा मारेको थियो । भिलर र छोरालाई अनुसन्धानको लागि स्पेनको उच्च अदालतले अनुसन्धान अधिकारीहरुलाई जिम्मा दिएको छ । उनीमाथि अन्तर्राष्ट्रिय फुटबल खेलहरुबाट कागजी प्रक्रिया मिलाएर अर्वौ रुपैया मुनाफा लिने गरेको आरोप लागेको छ । स्पेनका पत्रकारहरुको भनाइ उदृत गर्दै विविसीले लेखेको छ, ‘भिलरले अन्तर्राष्ट्रिय म्याचहरुबाट अर्वौ रुपैया मुनाफा लिने गरेका थिए ।’ यस विषयमा भिलर र उनको वकिलले कुनै प्रतिक्रिया दिन नमानेको विविसीले उल्लेख गरेको छ ।