नयाँ दिल्ली/ भारत प्रसाशित जम्मु–कश्मीरको पाकिस्तासँग सीमा जोडिएको क्षेत्रमा तैनाथ गोर्खा सैनिकका एक जवानले आफ्नै हाकिमको हत्या गरेका छन् ।
गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको छ । हत्याका कारण भने खुल्न नसकेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
भारतीय टेलिभिजन न्यूज–२४ को अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार मोबाइलमा धेरै कुरा गरेको भनेर मेजरले ती जवानलाई हपारेका थिए ।
यस्तो नगर्न भन्दै चेतावनी दिएर मेजर फर्कन लाग्दा ती जवानले उनीमाथि ५ गोली प्रहार गरेका समाचारमा उल्लेख छ । गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको छ । यद्यपि उनको नाम भने सार्वजनिक गरिएको छ ।
लाेकान्तरबाट