आफ्नै सैनिक जवानबाट गोर्खा मेजरको हत्या
धरान/भारतको इलाका क्षेत्र जम्बुकास्मिरमा आफ्नै सैनिक जवानले एक गोर्खा सैनिकका मेजरमाथि गोली प्रहार गरी हत्या गरेका छन् ।
गोरखा सैनिकका मेजर शिखर थापामाथि एक जवानले गोली प्रहार गरी हत्या गरेको भारतीय सचारमाध्यमहरुले जनाएको छ । उत्तरी जम्बुकास्मिको उरी सेक्टर बरमुल्ला जिल्लामा उक्त हत्या गरिएको भारतीय वेवसाइट द हिन्दुले जनाएको छ । उनीमाथि ५ गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताइएको छ ।