धरान/रागा आतंकका कारण शुक्रबार धरान–३ भानुस्मृति मार्गकी एकजना महिला, एउटा स्कुटर र मोटरसाइकलमा क्षति पु¥याएको छ ।

राजेश सुनारको रागाले भानुस्मृतिकी एलिना खड्गीलाई सिंगले हान्दा घाइते बनेकी हुन् । त्यस्तै को ५ प ४३५९ नम्बरको रोकिराखेको मोटरसाइकल र को २० प ६४६८ नम्बरको स्कुटीमा क्षति पु¥यार्एको स्थानीय पशुपति तामाङले जानकारी दिए । एलिना बच्चा हुने अवस्था (दुईजिउकी) रहेको तामाङले बताए । उनका अनुसार उक्त रागालाई नियन्त्रणमा लिनको लागि प्रहरी तथा स्थानीयबासीले झण्डै साढे ९ घण्टापछि नियन्त्रण लागेको वडा प्रहरी कार्यालय धरानका सई जसबहादुर लिम्बूले बताए ।
बिहान करिव साढे ७ बजेदेखि आतंक मच्चाउन सुरु गरेको थियो । प्रहरी र स्थानीयबासीले बाटोको चारै चेपमा बासले बारेको कारणले थप मानवीय क्षति हुन नपाएको सई लिम्बूले बताए । त्यही क्रममा रोकेर राखेको मोटरसाइकल र स्कुटीमा सिंगले हानेको थियो । मोटरसाइकल सामान्य क्षति भएको थियो स्कुटीको अघिल्तिरको भाइजर छेउमा पूर्ण रुपमा क्षति पुगेको थियो ।