धरान/धरान उपमहानगरपालिकाका जननिर्वाचित पदाधिकारीहरुले बुधबार सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गरिएकाे छ । [caption id="attachment_49510" align="alignnone" width="855"]
सपथ ग्रहणका क्रममा प्रमाण पत्र लिँदै धरानका नवनिर्वाचित मेयर तथा उपमेयर । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरानस्थित निर्वाचन कार्यालयले सोमबार अवेर राति निर्वाचित मेयर तथा उपमेयर वडाअध्यक्षसहित १ सय २ जना पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको हो । निर्वाचित मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीलगायत २० वटा वडाका वडाअध्यक्षसहित सदस्यहरुलाई सपथ ग्रहणसँगै प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णकुमार राई, जिल्ला न्यायधिस तथा जिल्ला निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. आरके रौनियार, धरानस्थित निर्वाचन कार्यालयका अधिकृत कमलबहादुर थापालगायतको उपस्थितिमा सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहणसँगै उनीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सपथ ग्रहणपछि अव धरानको विकास तथा समृद्धीको लागि अघि बढ्ने मेयर तथा उपमेयर वडाअध्यक्षहरुले बताएका थिए । सपथ ग्रहणपछि मेयर तथा उपमेयरले धरानका मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै वडावडाहरु भ्रमण गरेका थिए ।