धरान/धरानमा २ दशमलव ०६ प्रतिशत पूर्ण मत बदर भएको निर्वाचन कार्यालय धरानले जनाएको छ । निर्वाचन अधिकृत कमलबहादुर थापाका अनुसार अन्य नगरपालिका र गाउपालिकाको तुलनामा धरानमा धेरै कम मत बदर भएको हो । धरानमा पूर्ण रुपमा ११ सय १ मत बदर भएको छ । मतदाता शिक्षाको कमीको कारण मत बदर भएको अधिकृत थापाले बताए । कतिपय मतपत्रमा ल्याप्चेसमेत हानेको भेटिएको निर्वाचन कार्यालयको भनाइ छ । मतपत्र बदर हुनुमा अर्को कारण भने आफूले रोजेको मान्छेलाई हाल्ने हुँदा एउटै लाइनमा भएका चुनाव चिन्हमा मत हालेको कारणले पनि बदर भएको देखिएको कार्यालयले बताएको छ । पहिलो चरणको निर्वाचनमा ११ दशमलव ८६ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।