विजयपुर/निर्वाचन कार्यालयको प्रारम्भिक जानकारी अनुसार धरानमा करिब ३८ हजार मत गनि सकिएको छ । धरानमा ५३ हजार ८ सय ८२ मत खसेको थियो । पहिला थोरै मतदाता भएको वडाहरुको मत गणना गरिएको भएता पनि अहिले सबै वडाको मत गणना कार्य भइरहेको छ । धेरै मतदाता भएको वाडहरु ११,१५,१६,१७ को पनि मत गणना भइरहेको छ ।धरानको वडा नं १,२,५ र १४ नम्मर वडा नेपाली काङग्रेसले प्यानल नै जितेको छ भने वडा नं ३,४,६,७,८,१२ र १३ नम्मर वडा नेकपा एमालेले प्यानल नै जितेको छ ।

माओबादी केन्द्रले भने अहिले सम्म एक वडापनि जित हासिल गर्न सकेको छैन । धरान वडा नं १७ मा माओबादी केन्द्रका वडाध्यका उमेद्धारले एमालेका उमेद्धारलाई झिनो मतले अग्रता लिएका छन् । धरान १७ को अन्तिम नतिजा आउन अझै एक दिन लाग्ने भएकाले यसै भन्न सकिने अबस्था रहेको छैन । माओबादीले जित्ने दाबी गरेको धरान ११ नं वडामा पनि एमालेले अग्रता लिएको छ । मेयर र उपमेयरमा भेन एमालेल फराकिलो अग्रता कायम गरेको छ ।

नेपाली काङग्रेसका मेयरका उमेद्धारले १० हजार ६ सय ३४ मत प्राप्त गरेका छन् भने उपमेयरकी उमेद्धारले १० हजार १ सय ४८ मत प्राप्त गरेकि छन् । एमालेका मेयरका उमेद्धारले १३ हजार ४ सय ५० मत प्राप्त गरेका छन् भने उममेयरकी उमेद्धारले १३ हजार ६ सय ८० मत प्राप्त गरेकी छन् । ९ ओटा दलको तालमेलबाट मेयरको उमेद्धार बनेको माओबदाी केन्द्रका मेयरका उमेद्धार अहिले तेश्रो स्थानमा रहेका छन् । उनले ६ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने उममेयरका उमेद्धार संघिय समाजबादी फोरम नेपालका उमेद्धारले २ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।