धरान/धरान ९ र १० को पुनः मत गणना गर्ने निर्वाचन कार्यालयले निर्णय गरेको छ । जिल्ला स्थित निर्वाचन कार्यालयले धरानस्थित निर्वाचन कार्यालयलाई पुनः मत गणना गरेर विवाद समाधान गर्न निर्देशन दिएपछि गणना गर्ने निर्णय सार्वजनिक गरेको हो । गत सोमबार राति ९ र १० को घोषणा गर्नु अघि गरिएको पुर्नयोगको क्रममा एउटा पार्टीको मत अर्को पार्टीको मतमा जोडिएपछि विवाद सुरु भएको थियो । उक्त विवादका कारण बुधबारसम्म मतगणना हुन सकेको थिएन् । जसका कारण निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाउँदै इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई अधिकृतको जिम्मेवारी सुम्पिएको थियो । नेपाली कांग्रेसले शनिबार अपरान्ह पुनः गणना गर्न माग गर्दै सभागृह अघि नाराबाजी गरेका थिए भने निर्वाचन कार्यालयका प्रमुख अर्जुनप्रसाद कोइरालालाई नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रलगायतका दलहरुले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाएपछि पुनः मत गणना गरेर जाने गरीको निर्वाचन कार्यालयले निर्णय सार्वजनिक गरेको हो ।