धरान /नेकपा एमाले धरानले अन्य दलहरुले जनताबाट अपेक्षित मत नपाएपछि मतगणना गर्ने कार्यलाई रोकेर जनताको मतको खिल्ली उडाउने काम गरेको बताएको छ ।मङगलबार धरानमा पत्रकार सम्मेलन गर्दै एमाले धरानले एमालेको पक्षमा ५० मत थप गरिएको भन्दै गलत प्रचार गरिएको बताएको छ ।
कुनैपनि कर्मचारीले चाहेर कुनैपनी राजनैतिक पार्टिलाई जीताउने अबस्था नरहेको भन्दै एमालेलाई बद्नाम गर्ने उदेश्यले धरानका केही जिम्मेवार सञ्चारकर्मिले सामाजीक सञ्जाल तथा अनलाइनहरु मार्फत भ्रमपुर्ण कुरा फैलाईरहेको भन्दै यस्ता भ्रमपुर्ण कुराको पछि नलाग्न एमालेले आग्रह गरेको छ । निर्बाचन परिचालन मुल समितीका संयोजक प्रकास राईले एमालेका पक्षमा मत धेरै आएपछि बद्नाम गर्न र आफ्नो हार स्वीकार गर्न नसकेपछि कुण्ठा बोकेर केही ब्यक्तिहरु नियोजीत रुपमा एमालेको बद्नाम गर्न लागि परेको भन्दै उनले पत्रकारीता जस्तो मर्यादिप पेशालाई बद्नाम नगर्न आग्रह गरेको छ ।
एमाले लोकतान्त्रिक बिधि मान्ने पार्टी भएकाले परिणाम जस्तो आएपनि स्वीकार गर्ने उनले पत्रकार सम्मेलनमा बताए । माओबादी केन्द्रका कार्यकर्ताहरुले राष्ट्र सेवक कर्मचारीहरुप्रति अनाबश्यक आरोप लगाएर नाराबाजीमा उत्रिएको भन्दै एमालेले दु्ख ब्यक्त गरेको छ । मतगणनका कार्यमा हुने गरेका प्राबिधिक त्रुटीहरुसँग कर्मचारीलाई गरिएको गाली र गरिएको ब्यबाहार राजनैतिक संस्कार भित्र पर्दैन एमालेका जिल्ला सचिवालय सदस्य मुरारी सुबेदीले भने कर्मचारीलाई एमालेसँग जोडेर गरिएको ब्यबाहार प्रति हाम्रो गम्भिर आपती छ ।
एमालेले माओबादी केन्द्रले धरानलाई अर्को भरतपुर बनाउने प्रयास गरेको भन्दै आपति जनाएको छ । सोमबार राती देखि अबरुद्ध धरानको मतगणना प्रकृया र मङगलबार माओबादी कार्यकर्ताले मतगणना स्थलबाहिर गरेको नाराबाजी राजनैतिक संस्कार र आचरण भन्दा बाहिर रहेको भन्दै जनमतलाई सम्मान गर्न पनि एमालेले आग्रह गरेको छ ।
मङगलरबार साँझ धरानमा पत्रकार सम्मेलन गरि नेकपा एमालेको निर्बाचन परिचालन मुल कमिटीले जनताले दिएको मतलाई स्वीकार गर्ने हिम्मत राख्न र अबरुद्ध मतगणना प्रकृया सुरु गर्ने पक्षमा सकारात्मक भुमिका खेल्नपनि माओबादी केन्द्रलाई आग्रह गरेको छ ।पत्रकार सम्मेलनमा बोल्दै एमाले जिल्ला सचिबालय सदस्य तथा मतगणनाका लागि एमालेले तोकेको समन्वय कर्ता तथा प्रतिनिधी मुरारी सुबेदीले धरानलाई घुमाउरो पाराले अर्को चितवन बनाउने खेलमा नलाग्न माओबादीलाइ आग्रह गरे । उनले माओबादीले हार्दै जानथालेपछि हतास भएर मतगणना कार्यमा अबरोध गरेको उनलको भनाइ थियो ।
मत गणना कार्य निकै जटिल र प्राबिधिक बिषय भएकाले यसका प्राबिधिक पक्षको अध्यननै नगरि धाधलि भयो भनेर भन्नु मुर्खता भएको भन्दै लोकतान्त्रिक पद्धती र निर्बाचन कानुनको पालन गर्न पनि उनले आग्रह गरे । ‘गणकहरुले दिएको मत परिणमलाई इन्ट्रि गर्ने प्रकृयामा मा निर्बाचन अधिकृतलेनै एउटा पार्टिको मत अर्को पार्टिको चुनाब चिन्हमा राखिएको पाइएपछि सच्याउने र गणकहरुले दिएको कुल जोडलाई हेरेर सच्याउने प्रकृयामा जानै नपाइ माओबादी केन्द्रका प्रतिनिधिले धाधली भयो भन्दै अनाबश्यक बखेडा झिकेका हुन’ समन्वय कर्ता सुबेदीले भने ‘त्यहाँ जुन समस्या भेटिएको छ त्यो नियतबस गरिएको नभइ प्राबिधिक भएको हो।’
पत्रकार सम्मेलनमा बोल्दै उपमेयरकी उमेद्धवार मञ्जु भण्डारी सुबेदीले एमालेले जित्दै जान थालेपछि संकुचित सोचले मत गणना रोकेर जनताको अभिमतलाई बिथोल्ने प्रयास गरेको बताइन् ।सम्मेलनमा बोल्दै एमालेका धरान नगर इन्चार्ज प्रदिप भण्डारीले एमालेले बिजयी हासिल गरेका ९ र १० नम्मर वडाको मत परिणम घोषणा गर्न र वडा नं ११ देखि रोकिएको मत गणना सुचारु गर्न माग गरेका छन् । एमालेका कार्यकर्ता बिजय जुलुसलाई सोमबार रातीदेखि रोकेर राखेका छन् हामी निर्बाचन आयोगलाई आग्रह गर्छौ,गणना सकिएका वडाको मत परिणाम घोषणा होस्,कुनै दलको गलत मनासायलाई पुरा गर्न हामी धेरै धैर्य रहन सक्दैनौ भण्डारीले भने ।