मतगणना अगाडि बढाउने बिषयमा सहमतीको प्रयास
- असार २०, २०७४
- ब्लाष्ट खबर
धरान/मतगणनाका क्रममा प्राप्त मतलाई याेगफल गर्ने क्रममा गणक कर्मचारीले अर्काे पार्टीमा मत जाेडेकाे भन्दै माओबादी केन्द्रसहितको गठबन्धनका कार्यकर्ताले मतगणना स्थलबाहिर गरिरहेकाे नाराबाजी अहिले मत्थर भएकाे छ ।
सुनसरीका मुख्य निर्बाचन अधिकृतसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थितीमा भएको सर्बदलीय छफलफलले मतगणना सुरु गर्ने बिषयमा सबै दल सहमत भएपछि मतगणना स्थल बाहिरकाे नाराबाजी मत्थर भएकाे हाे । मतगणनाका क्रममा भेटिएका त्रुटीलाई सच्याएर जाने बिषयमा सहमती नजिक पुगेको जिल्ला निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले बताए ।
बिबाद भनिएका धरानकाे वडा नं ९ र १० मा पुनः गणना गर्ने कि पुनः याेगफल गर्ने भन्ने बिषयमा सहमती भई नसकेको उनले बताए । विवादपछि उक्त समस्यालार्इ सुल्झाउन सुनसरीका प्रमुख निर्बाचन अधिकृत अर्जुनप्रसाद कोइराला, सुनसरीका प्रमु्ख जिल्ला अधिकारी गोपाल पराजुली, सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार सुबेदीसहितको उच्च अधिकारीहरुको टोली धरान अाएका थिए ।
सोमाबार बेलुका धरान ९ को मत ‘याेगफल’ गर्ने क्रममा संघीय समाजबादी फोरम नेपालका उपमेयरका उमेद्वारले पाएको मत नेपाल कम्यिुनिष्ट पार्टी (माले) का उमेद्वारकाे चुनाब चिन्हमा जाेडेकाे तथा धरान ११ मा ३४ मत एमालेको सुर्य चिन्हमा थप गरेको पाइएपछि विवाद सुरु भएको थियो । निर्बाचन अधिकृत तथा दलहरुले सोमबार राती नै सहमती खोज्ने प्रयास गरे पनि विफल भएकाे थियाे ।