धरान मतगणनाका क्रममा प्राप्त मतलाई ‘इन्ट्रि’ गर्ने क्रममा कर्मचारीले धाधली गरेको भन्दै माओबादी केन्द्र सहितको गठबन्धनका कार्यकर्ताले मतगणना स्थलबाहिर नाराबाजी गरेपछि सुनसरीका मुख्य निर्बाचन अधिकृत सहित जिल्लाका सुरक्षा प्रमुखहरु धरानमा भेला भएका छन् ।
अहिले जिल्लाका मुख्य निर्बाचन अधिकृत सहितका सुरक्षा अधिकृतहरु धरान सभागृह स्थित मतगणना केन्द्रमा भईरहेको सर्बपक्षिय बैठकमा सहभागी भएका छन् ।
सुनसरीका प्रमुख निर्बाचन अधिकृत अर्जुन प्रसाद कोइराला,सुनसरीका प्रमु्ख जिल्ला अधिकारी गोपाल पराजुली,सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखे्रल,ससस्त्र प्रहरी बलका एसपी रमेशकुमार सुबेदी सहितको उच्च अधिकारीहरुको टोलि सर्बदलिय बैठकमा सहभागि भएको बताइएको छ ।
सोमाबार बेलुका धरान ९ को मत ‘टोटलिङ’ गर्ने क्रममा संघिय समाजबादी फोरम नेपालका उपमेयरका उमेद्धारले पाएको मत लाई नेपाल कम्यिुनिष्ट पार्टी (माले)का उमेद्धारको चुनाब चिन्हमा राखेको तथा धरान ११ को मत एमालेको सुर्य चिन्हमा ३४ मत थप गरे गरेको पाइएपछि बिबाद सुरु भएको थियो ।
निर्बाचन अधिकृत तथा दलहरुले सोमबार रातीनै सहमती खोज्ने प्रयास गरेपनि सफल भएको थिएन । अहिले सर्बदलिय बैठकमा पनि सहमती खोज्ने प्रयास भईरहेको बताइएको छ ।