धरान \मतगणनाको क्रममा एउटा दलको मत अर्को दलमा जोडेको भन्दै बिबाद बढेपछि धरानमा सोमबार मध्यरातीबाट मतगणना रोकिएको छ ।
मतगणनाका क्रममा कर्मचारीले धाधली गरेको भन्दै माओबादी केन्द्रले अहिले मतगणना स्थल धरान सभागृह अगाडि नाराबाजी गरिरहेको छ । केन्द्रले मतदान अधिकृतलाई खारेज गर्नु पर्ने,धाधलि गर्ने कर्मचारीलाई कारबाही गर्नु पर्ने,निश्पक्ष रुपमा मतगणना सुरु गर्नु पर्ने लगायतका माग राख्दै माओबादी कार्यकर्ताले नाराबाजी सुरु गरेका हुन् ।
सोमबार राती संघिय समाजबादी फोरमको मत लाई नेकपा मालेको हसिया माथि चन्द्रमा भएको चनाब चिन्हमा जोडेको फेला परेपछि बिबाद सुरु भएको थियो । त्यस अघि मत गणनामा धाधली गरेको भन्दै गणकहरु मानबहादुर कार्की र धनबहादुर राई मतणना स्थलबाट निकालिएको थियो ।