धरानमा कांग्रेस र एमालले तीन तीन वडा कब्जा
- असार १८, २०७४
- ब्लाष्ट खबर
धरान/धरान उपमहानगरपालिकाको ६ वडामा नेपाली कांग्रेस र एमालेले तीन–तीनवडामा जित निकालेको छ ।
नेपाली कांग्रेसले धरानको १, २ र ५ वडामा जित निकालेको छ । त्यस्तै एमालेले पनि ३, ४ र ६ नम्बर वडामा जित निकाल्दै कांग्रेसको वडागत अग्रतालाई ब्रेक गरेको छ । यि जितेका वडाहरुमा कांग्रेस–एमालेको प्यानलै विजयी बनेको छ ।
शनिबार राति धरान–५ नम्बर वडामा सन्तोष लिम्बू ११ सय ८७ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी एमालेका चन्द्रबहादुर भुजेललाई हराएका हुन् ।
भुजेलले एकहजार ३९ मत प्राप्त गरेका थिए । त्यस्तै लिम्बूको प्यानलका कुमार देवानले ११ सय ११, मानबहादुर लिम्बूले एकहजार ८९, सान्तीदेवी राईले ११ सय ५१ मत र हेमकुमारी बिकले ११ सय ३७ मत प्राप्त गरेका छन् ।
यता धरान–६ नम्बर वडामा भुवनसिंह बस्नेतले १४ सय २० मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपेन्द्र भट्टराईलाई हराउँदै विजयी बनेका हुन् । भट्टराईले एकहजार ८० मत प्राप्त गरेका थिए । बस्नेत प्यानलका गीता खनाल गौतमले १४ सय ३५, हरिकुमार राई १४ सय ११, रमेश बस्नेतले १४ सय २ मत र दलित महिला सदस्य देविका विश्वकर्माले १४ सय ५४ मत प्राप्त गर्दै विजयी बनेकी हुन् ।
धरानमा एमालेको अग्रता कायमै
धरान उपमहानगरपालिकामा पछिल्लो मतगणना अनुसार पनि एमालेको अग्रता कायमै रहेको छ । हालसम्म ६ नम्बर वडासम्मको पूर्ण मतपरिणाम आइसक्दा एमालेको प्रष्ट अग्रता देखिएको हो । हाल धरान–७ र धरान–८ को मतगणना जारी रहेको छ ।
हालसम्म एमालेको मेयर तारा सुब्बाले ४ हजार ९ सय ७३ मत प्राप्त गरेका छन् भने उपमेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ५ हजार एकसय ४२ मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईले ४ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेदवार श्यामा रेग्मीले ४ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार अइन्द्रबिक्रम बेघाले २ हजार ५ सय १५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उपमेयर बनेका पारस काङमाङ राईले ७ सय ३४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाको मेयरका उम्मेदवार तारा शाक्यले एकसय १७ मत प्राप्त गर्दा उपमेयरका उम्मेदवार प्रकाश राईले ८४ मत प्राप्त गरेका छन् ।