धरान/नेकपा माओवादी केन्द्र धरान नगरले धरान–१ नम्बर वार्डका स्वतन्त्रबाट वडा अध्यक्षमा उठेका पवन अग्रवाललाई सहयोग गर्ने भएको छ । केन्द्रले उवा संघ धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै अग्रवालसँग दुई बुँदे सहमति बनेको बताएको छ । सहमति अनुसार अग्रवाललाई केन्द्रले वडामा सहयोग गर्ने र वडाबाट उम्मेदवारी हालेका सीपी बजगाईको उम्मेदवारी फिर्ता लिने सहमति बनेको नगर संयोजक चोत्लुङ बताए । कांग्रेस निकट मानिएका अग्रवालले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनले व्यवसायी, व्यापारीको हक हितको लागि उम्मेदवारी दिएको बताएका छन् । अग्रवालले आफूलाई भोट दिएर जिताउनको लागि मतदातासँग आग्रह गरेका छन् । माओवादीका १ नम्बर वडा अध्यक्ष बजगाईले मनोनयन दर्ता गराए पनि पछि फिर्ता लिएका थिए ।