धरान/धरानबाट दुई जनाले नाम फिर्ता लिएका छन् । धरान–१ को वडा अध्यक्षमा मनोनयन गराएका चन्द्रप्रसाद बजगाई र ५ नम्बरबाट सदस्यमा मनोनयन गराएका नेत्रबहादुर देवानले उम्मेदवारी फिर्ता लिएका हुन् ।
[caption id="attachment_48156" align="alignnone" width="700"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
बजगाई माओवादी केन्द्रबाट अध्यक्षमा मनोनयन दर्ता गराएका थिए भने देवानले संघीय समाजवादी फोरमबाट मनोनयन दर्ता गराएका थिए । अन्य पदमा भने नाम फिर्ता लिएका छैनन् ।
धरानस्थित निर्वाचन कार्यालयले उनीहरुको नाम सूचीबाट हटाइएको जानकारीसहितको सूचना टाँस गरेको छ । मङ्लबार बिहान ८ बजेदेखि ११ बजेसम्म नाम फिर्ता लिन समय राखिएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।
सोही अनुरुप दुईजनाले मात्रै नाम लिएको उनले बताए । मङ्गलबारै पार्टीहरुलाई चुनाव चिन्ह प्रदान गरिदै छ । स्वतन्त्र उम्मेद्वारहरुलाई अहिले चुनाव चिन्ह दिइरहेको अधिकृत खतिवडाले बताए । खतिवडाका अनुसार मेयर पदका लागि ७ वटा पार्टी र अन्यले मनोनयन दर्ता गराएका थिए । त्यस्तै उपमेयर पदका लागि भने ८ वटा पार्टी र अन्यले स्वतन्त्रमा मनोनयन गरेका थिए ।