लाइसेन्स १५ दिनका लागि राेकियाे
धरान/पन्ध्र दिनका लागि यातायात व्यवस्थगा विभागले काठमाडौं क्षेत्रलाई मध्यनजर गर्दै नयाँ सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको छ ।
स्थानीय तहको चुनावको लागि विभागका कर्मचारीहरु विभिन्न जिल्लामा खटिएका कारण विभागमा कर्मचारी अभाव भएपछि लाइसेन्स वितरण प्रक्रिया रोकेको हो । अहिले काठमाडौंलगायत अन्यत्र पनि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायलसमेत रोकिएको छ । असार २१ गते पछि मात्रै विभागले अनलाइन सेवामार्फत् सेवा प्रारम्भ गर्ने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
त्यसो त, यस अघि पनि विभागले काठमाडौंमा अनलाइन मार्फत् आवेदन लिने गरे पनि बारम्बार समस्या आउने गरेको थियो । यातायात ब्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर रहेको महानिर्देशक भट्टराईले जानकारी दिए । अनलाइनमार्फत् फर्म भरेमा ठगिने जस्ता समस्या हट्ने विभागको अनुमान छ ।