धरान/नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुने पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।
आयल निगमका प्रवक्ता सीताराम पोखरेल डिजेल र मट्टितेल लिटरमा १.५० रुपैयाँ घटेर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।एलपीजी ग्यासको मूल्य भने यथावत छ ।