
'उसको पेटमा आठ महिनाको बच्चा थियो । जुन पेटमा उनीहरुले ठूलो ढुंगाले हाने । त्यति गर्दा पनि उनको मृत्यु नभएपछि घरबाहिर ल्याए, पेट्रोल हाले र आगो लगाए । '
यो कर्नाटकको एक गाउँमा दलितसँग विवाह गरेका कारण जिउँदो जलाइएी युवतीको आमाको शव्द हैन । यो उनको सासू कस्तूरीबाईको शव्द हो जसको आखामा आफ्नाी बुहारीको यादमा आएको आशु हो ।
कस्तुरीबाई भन्छिन कि उनकी बुहारीको ज्यानको आफ्नी आमा रमजान बीले लिएकि थिइन् । किनकी रमजान बीकी छोरी बेगमले कस्तुरीबाईको छोरा सायाबन्ना शरणप्पासँग विवाह गरेकी थिइन् ।
यस गाउमा यस दर्दनाक हत्याकाण्डपछि दलित तथा मुसलमानबीच तनाव छैन त्यहाँबाट आएको एक मात्र राम्रो समाचार यही हो ।
सायबन्ना र बोनू स्कुले जीवन देखि नै माया प्रेममा थिए । कस्तुरीबाइले आफ्नै जातको केटीसँग विवाहको तयारी गरृेको भएपनि छोरोले सायबन्नलाई विहे गर्ने बतायो र उनीहरुले भागेर विवाह गरे ।
तर, केटीको परिवारले भने बारम्बार उनीहरुलाई दिइरहन्थे । फरक जात र धर्म का भएका कारणा कोही यो विषयमा अगाडि आउन चाहँदैनथे । केटा दलित थिए भने केटी मुस्लिम समुदायकी थिइन् ।
उनीहरुको लामो प्रेम सम्बन्ध भएको भएपनि दलित र अर्को धर्मको केटासँग विवाह गरेको भन्दै केटीका परिवारले नै गर्भवती भएकी आफ्नै छोरीको हत्या गरेका थिए ।
हत्याको आरोपमा प्रहरीले युवतीको आमालाई पक्राउ गरेको छ भने उनका परिवारका दुई दाजु भाइ र बहिनी फरार छन् । प्रहरीले लामो समयको योजनापछि हत्या भएको र अनुसन्धान जारी रहेको जनाएको छ ।