विसं. २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि राजनीतिक स्थिरता कायम होला र देश विकासको पथमा लम्किएला भन्ने अपेक्षा गरे पनि राजनीतिक स्थिरता कायम हुन सकेन ।

प्रजातन्त्रको पुनःस्थापनापछिको २५ वर्षमा २६ वटा सरकार बनेका छन् ।

संविधानमा पाँच वर्ष प्रधानमन्त्रीको कार्यकाल तोकिए पनि ४० औँ प्रधानमन्त्री चयन हुँदासम्म कुनै पनि प्रधानमन्त्रीले पूरै कार्यकाल प्रधानमन्त्री हुने अवसर पाएनन् । यो बीचमा ज्ञानेन्द्र शाह, खिलराज रेग्मीकै नेतृत्वमा सरकार बने पनि प्रधानमन्त्री नभइ मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा राज्य सञ्चालन गरे ।

अहिलेसम्म कोको भए प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष 

कृष्णप्रसाद भट्टराई

२०४७ वैशाख ६ देखि २०४८ जेठ १२ सम्म (४०२ दिन)

गिरिजाप्रसाद कोइराला

२०४८ जेठ १२ देखि २०५१ मंसिर १४ सम्म (१२८४ दिन)

मनमोहन अधिकारी

२०५१ मंसिर १४ देखि २०५२ भदौ २७ सम्म (२८६ दिन)

शेरबहादुर देउवा

२०५२ भदौ २७ देखि २०५३ फागुन २९ सम्म (५४७ दिन)

लोकेन्द्रबहादुर चन्द

२०५३ फागुन २९ देखि २०५४ असोज २१ सम्म (२०९ दिन)

सूर्यबहादुर थापा

२०५४ असोज २१ देखि २०५५ वैशाख २ सम्म(१९० दिन)

गिरिजाप्रसाद कोइराला

२०५५ वैशाख २ देखि २०५६ जेठ १७ सम्म (४११ दिन)

कृष्णप्रसाद भट्टराई

२०५६ जेठ १७ देखि २०५६ चैत्र ९ सम्म (२९६ दिन)

गिरिजाप्रसाद कोइराला

२०५६ चैत्र ९ देखि २०५८ साउन ११ सम्म (४९१ दिन)

शेरबहादुर देउवा

२०५८ साउन ११ देखि २०५९ असोज १८ सम्म (४३५ दिन)

ज्ञानेन्द्र शाह

२०५९ असोज १८ देखि २०५९ असोज २५ सम्म (७ दिन)

लोकेन्द्रबहादुर चन्द

२०५९ असोज २५  देखि २०६० जेठ २२ सम्म (२३७ दिन)

सूर्यबहादुर थापा

२०६० जेठ २२ देखि २०६१ जेठ २१ सम्म (३६४ दिन)

शेरबहादुर देउवा

२०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म (२४३ दिन)

ज्ञानेन्द्र शाह

२०६१ माघ १९ देखि २०६३ वैशाख १२ सम्म (४४८ दिन)

गिरिजाप्रसाद कोइराला

२०६३ वैशाख १२ देखि २०६५ जेठ १५ सम्म (७६४ दिन)

गिरिजाप्रसाद कोइराला

२०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म (८३ दिन)

पुष्पकमल दाहाल प्रचण्ड

२०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म (२८० दिन)

माधवकुमार नेपाल

२०६६ जेठ ११ देखि २०६७ माघ २३ सम्म (६२२ दिन)

झलनाथ खनाल

२०६७ माघ २३ देखि २०६८ भदौ १२ सम्म (२०४ दिन)

बाबुराम भट्टराई

२०६८ भदौ १२ देखि २०६९ चैत्र १ सम्म (५६३ दिन)

खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष)

२०६९ चैत्र १ देखि २०७० माघ २८ सम्म (३३४ दिन)

सुशील कोइराला

२०७० माघ २८ देखि २०७२ असोज २४ सम्म (६०८ दिन)

केपी शर्मा ओली

२०७२ असोज २४ देखि २०७३ साउन १९ सम्म (२९६ दिन)

पुष्पकमल दाहाल

२०७३ साउन १९ देखि २०७४ जेठ २३ सम्म

 शेरबहादुर देउवा

२०७४ जेठ २३ देखि

श्राेत बाह्खरीडटकम