काठमाडौं/ इत्तेहाद एयरलाइन्सले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द भएका छन् । कतारको दोहाबाट नेपाल आउने उडान पनि बन्द भएका छन् । सोमवारदेखि यी उडानहरु प्रभावित भएका हुन् ।
दुबइको ध्वजाबाहक एयरलाइन्स इत्तेहादले आबुधाबीबाट दोहा जाने र आउने सबै फ्लाइटहरु बन्द गरेको छ । कतारका लागि आफ्नो देशबाट सबै उडान बन्द गरेको इत्तेहादले नेपालबाट पनि उडानहरु बन्द गरेको हो ।
इत्तेहादले दोहामा नेपालबाट दैनिक दुई वटा उडान भर्दै आएको थियो । अब इत्तेहाद चढेर दोहा कतार जानेहरु प्रभावित हुने छन् ।
कतारले आतंकवादी गतिविधिलाई पश्रय दिएको भन्दै साउदी अरब, इजिप्ट, दुबइ र बहराइनले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छिेद गरेका छन् । सोही कुटनीतिक सम्बनध विच्छेद भएसँगै नेपालबाट कतार जाने इत्तेहादको जहाज पनि बन्द भएका छन् ।