काठमाडौं । प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका–संसद संचालन गर्न नेपाली कांंग्रेसले गरेको आग्रहलाई नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद सञ्चालनको वातावरण बनाउन गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेका हुन् । ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्नुपर्ने माग गर्दैै निरन्तर व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्दै आएको एमाले निर्वाचन आयोगको पछिल्लो निर्णयबाट झनै रुष्ट बनेको छ । कांग्रेस सभापति देउवा आफ्ना विश्वासपात्र विमलेन्द्र निधिलाई लिएर बालकोट पुगेका थिए ।
देउवाले भरतपुर महानगरपालिकाको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन भिन्न विषय भएको भन्दै संसद अवरोध फुकाउन आग्रह गरेपछि अध्यक्ष ओली अझै आक्रोशित भएका थिए ।
एमाले अध्यक्ष ओलीले संसद अवरोध जारी राख्ने अडान नछाडेको नेता निधिले जानकारी दिए ।
“कुरा राम्रै भएको छ,” निधिले भने, “संसद्को अवरोध अन्त्य गर्न र कांग्रेसलाई समर्थन गर्न आग्रह गर्यौं । तर उहाँ निर्वाचन आयोगको निर्णयप्रति गम्भीर हुनुभएको छ ।”
निधिले भरतपुरको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन फरक फरक विषय भएकाले अवरोध नगर्न कांग्रेसले आग्रह गरेको थियो ।
भरतपुरको टुंगो नलागेसम्म निष्कर्ष निकाल्न गाह«ो हुने ओलीको चेतावनी थियो ।
एमालेको शनिबार अपरान्ह बसेको स्थायी समिति बैठकले मिचाहा प्रवृतिबाट लोकतन्त्रको मुल्य मान्यताविपरित सरकार अघि बढेको निष्कर्षका साथ संसद अवरोधलाई जारी राखि निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।