धरान/लागुऔषधसहित धरान प्रहरीले बुधबार पाँचजनालाई धरानका विभिन्न स्थानबाट पक्राउ गरेको छ । मंगलबार साँझ तिनकुने चेकपोष्टबाट २ जना, भोटेपुलबाट २ जना र धरान–१० बाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको हो । तिनकुने चेकजाँचका क्रममा धरान–८ कुलदीप साह, र धरान–११ सकुल अधिकारीलाई को ७ प ६५५२ नम्बरको स्कुटीमा आउने क्रममा पक्राउ परेका हुन् । उनीहरुको साथबाट १४ एम्पुल एभिल, १४ एम्पुल लुपिजेसिक र १५ एम्पुल डाइजेलाब बरामद् गरको छ । त्यस्तै भोटपुलमा को ५ प ८१५९ नम्बरको मोटरसाइलकमा आउने गरेको अवसथमा धरान–१६ सुमन भुजेल र धरान–१३ सुजन राईलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २ बोतल कोरेक्स बरामद गरेको छ । साथै, धरान–१० नारायणचोकबाट धरान–१८ सुनिल साहीलाई लागूऔषधसहित मंगलबारै पक्राउ गरेको हो । उनको साथबाट ५ एम्पुल एभिल, ५ एम्पुल डाइजेलाब र ५ एम्पुल लुपिजेसिक बरामद गरेको हो । उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।