धनकुटा/स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस नगर समितिले धनकुटा नगरपालिकाको आधिकारीक उम्मेद्वार एक औपचारिक समारोहको विच घोषणा गरेको छ ।

सदरमुकाममा मंगलबार सभा तथा र्यालीको आयोजना गर्दै धनकुटा नगरपािलकाको मेयर, उपमेयर सहित १० वटै वडाका वडाध्यक्ष सहित सम्पुर्ण सदस्यहरुको उम्मेद्धार घोषणा गरेको हो ।
धनकुटा नगरपालिकाको मेयरका उमेद्वार दिनेश आठपहरिया र उप–मेयरमा रेणु श्रेष्ठलाई घोषणा गरिएको छ । यस्तैगरी वडा नं.१ के वडाध्यक्षमा सन्तोष तामाङ (रुपमान) वडा नं.२ मा पृथसिंह दाहाल, वडा नं.३ मा पदम भण्डारी, वडा नं.४मा महेश श्रेष्ठ, वडा नं.५ मा धनकुमार राई, वडा नं. ६ मा नरेश श्रेष्ठ, वडा नं.७ मा मोहन श्रेष्ठ, वडा नं. ८ मा भानुभक्त राई, वडा नं.९ मा सीताराम खत्रि (न्यौपाने) र वडा नं.१० को वडाध्यक्षमा भुपला लामा तामाङलाई उमेद्वार बनाईएको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
यसैक्रममा संघीय समाजवादी फोरमसंग धनकुटा नगरपालिकाको वडा नं.७ र वडा नं.१ मा महिला सदस्यमा संयुक्त प्यानलको लागी तालमेल गरिएको जनाइएको छ । फोरमबाट दुई स्थानमा महिला सदस्यलाई कांग्रेसको कोटाबाट उमेद्वार बनाईएको छ । जसमा वडा नं.१ मा मनकला लिम्बु र वडा नं. ७ मा पार्वती राई रहेका छन् ।
राई नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व अध्यक्ष समेत हुन ।
उम्मेद्धवार घोषणा सभामा सांसद मनोहरनारायण श्रेष्ठ, कांग्रेस नेता आनन्दसन्तोषी राई, धनबहादुर राई, धनकुटा नगरपालिकाका पुर्व मेयर एवं नेपाली कांग्रेस धनकुटाका नवप्रवेशी आदिवासी नेता वाङदी लामा, मेयरका उमेद्वार दिनेश आठपहरिया लगायतले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनीहरुले धनकुटाको समग्र विकासको लागी नेपाली कांग्रेसले विजय प्राप्त गरे सक्दो योगदान गर्ने प्रतिवद्धता घोषणा सभामा गरेका छन् ।
धनकुटा नगर क्षेत्रमा रहेका आदिवासी जनजातिहरुका विभिन्न परंपरागत वाजागाजा र झाँकीका साथ धनकुटा–७ चुवाबोटवाट सुरु गरिएको नेपाली कांग्रेसको र्यालीले बजारका विभिन्न भागको परिक्रमा पछि पुनः चुवाको वोटमा घोषणासभा आयोजना गरिएको थियो । तिन नगरपालिका र चार गाउ‘पालिका रहेको जिल्लाको बॉकी स्थानिय तहमा पनि चाडै उमेद्वार घोषणा गरिने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताएका छन् ।