ताप्लेजुङ/मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करणी अभियोगमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका–६ का ५१ वर्षीय कुमार कडरीयालाई प्रहरीले पक्राउ गरेको हो । कडरीयाले सोमबार सोही ठाउँ बस्ने मानसिक सन्तुलन ठीक नभएकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ । पीडित महिलालाई स्वास्थ्य परीक्षणको लागि प्राथमिक स्वास्थ्य चौकी तेल्लोक पठाइएको प्रहरीले जनाएको छ ।