काठमाडौं/ सरकारले आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन गरिसक्ने नीति लिएको छ। राष्ट्रपति विद्यादेबी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले संविधानअनुसार बन्न बाँकी कानून निर्माणलाई तीब्रता दिइने बताइन् । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ सिंहदरबारको अधिकार गाउँ नगरमा हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको पनि बताइन् । १५ वर्षदेखि नेतृत्वविहीन रहेका स्थानीय निकाय पुनर्सरचना गरी २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको भएको भएको समेत उनले बताइन् ।